भीमफेदी कारागारबाट फरार कैदीलाई पालुङ प्रहरीले नियन्त्रणमा लियो
हेटौंडा / थाहा नगरपालिका–१० निवासी कर्तव्य ज्यान मुद्दाका फरार कैदी मिलन गमाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गमाल भीमफेदी कारागार तोडफोड गरी ‘जेन जि आन्दोलन’का क्रममा अन्य कैदीहरूसँगै फरार भएका थिए । फरार भएको केही समयपछि उनी लुकिछिपी आफ्नै घर फर्किएको सूचनाको आधारमा पालुङस्थित प्रहरी टोलीले बिहीबार बेलुकी करिब साढे ८ बजे उनलाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले पक्राउ परेका गमाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागारमै पठाउने तयारी भइरहेको जनाएकाे छ । यससँगै अन्य फरार कैदीहरूको खोजी कार्यलाई अझै तीव्र पारिएको र अपराधमा संलग्न जो–कोहीलाई उम्कन नदिने प्रतिबद्धता प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


