मकवानपुरमा ९ वर्षीया बालिका मृत अवस्थामा फेला

पालिका डायरी
१८ भाद्र २०८२, १०:५०
९ वर्षीया बालिका मृत अवस्थामा फेला

हेटौंडा / मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ पुल्चोक टोल घर भएकी ९ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

 हेटौडा–१९ पुल्चोक टोलका कुमार थिङकी छोरी  प्रभा थिङ मृत अवस्थामा फेला परेकी हुन् । उनी मंगलबार (भदौ १७ गते) दिउँसो करिब ४ बजे घरबाट निस्किएर वेपत्ता भएकी थिइन् । आफन्तको जानकारीपछि प्रहरी टोलीसहित खोजी कार्य जारी गरिएको थियो । प्रहरीका अनुसार आज (बुधवार) बिहान करिब ८ बजेर १५ मिनेट जाँदा घरदेखि करिब ७ सय मिटर दक्षिणतर्फ राप्ती खोलाको पानीमा मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि हेटौडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया