हेटौंडा / आज साँझ करिब ७:३० बजे मकवानपुरगढी गाउँपालिका–१ फूलबारीका ४४ वर्षीय बिवय सिं लामा भोम्जन खोलाले बगाउँदा घाइते भएका छन्।
काठमाडौंबाट घरतर्फ फर्किएका लामा फूलबारीस्थित तमुनी खहरे खोलो पार गर्ने क्रममा आकस्मिक रूपमा पानीको बहाव बढेपछि करिब १०० मिटर तलतर्फ बगेर खोला किनारमै घाइते अवस्थामा फेला पारेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ठुलोदमारबाट प्रहरी नायब निरीक्षक रिमा कोईरालाको नेतृत्वमा खटिएको ४ जनाको टोली साँझ ८:२० बजे घटनास्थल पुगेको थियो। प्रहरीले लामालाई उद्दार गरी तत्काल हेटौंडा अस्पताल पठाएको छ।
प्रहरीका अनुसार लामाको टाउको र हातमा चोट लागेपनि अवस्था सामान्य रहेको बताइएको छ।



