हेटौंडाबाट चाँदीसहित चाँदीलाल पक्राउ

पालिका डायरी
२ भाद्र २०८२, १९:५३
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा /  मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट एक जनालाई अवैध चाँदीसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भारत मोतीहारी जिल्ला घर बताउने ५२ वर्षीय चाँदीलाल साहलाई आइतबार (हिजो) राति करिब ९:३० बजे शंका लागी तलासी गर्दा उनले बोकेको झोलाभित्र भन्सार छली ल्याइएको चाँदीका गरगहना फेला परेको हो ।

बरामद गरिएका गरगहनाबारे मकवानपुर सुनचाँदी व्यवसायी संघमार्फत परीक्षण गराउँदा ती चाँदीकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ। उक्त चाँदीको आजको बजार मूल्य अनुसार करिब १ लाख ५८ हजार ३३२ रुपैयाँ बराबर पर्ने देखिएको छ ।

साहलाई बरामद चाँदीसहित नियन्त्रणमा लिई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया