आज पनि घट्यो सुनको मूल्य, ४ दिनदेखि लगातार गिरावट

पालिका डायरी
२८ श्रावण २०८२, १२:४६
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ घटेको हो। विगत चार दिनदेखि सुनको मूल्य लगातार घट्दै आएको छ ।

हिजो सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँ घटेको थियो । मूल्य घटेर सुनको भाउ आज तोलाको एकलाख ९६ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य एक हजार तीनसय रुपैयाँ घटेर एक लाख ९६ हजार आठसय रुपैयाँ कायम भएकाे थियो । यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर दुईहजार तीन सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया