चार दिनदेखि बेपत्ता भएका प्रजा कुलोमा मृत भेटिए
हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका–९ स्कुलडाँडाका ४६ वर्षीय विष्णे भनेर चिनिने मानबहादुर प्रजा मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
परिवारका अनुसार प्रजा गत साउन २२ गते बिहान करिब ९ बजे घरबाट कसैलाई नभनी हिँडेका थिए । परिवारले खोजतलासका क्रममा आफन्त, नातागोता तथा छिमेकीले विभिन्न स्थानमा खोजे पनि उनी फेला परेका थिएनन् ।
पछि प्रहरी टोली समेत संलग्नतामा खोजी गर्दा आइतबार (आज) बिहान करिब ९:२५ बजे घरबाट करिब १ किलोमिटर दक्षिणतर्फ पर्ने मनहरी खोलामा पानीघट्ट चलाउनको लागि बनाइएको कुलोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया


