यी हुन् बागमती प्रदेश सरकारमा सहभागी हुने एमालेका ६ मन्त्री

पालिका डायरी
२० श्रावण २०८२, १०:०४

हेटौंडा / नेकपा एमालेले बागमती प्रदेशमा अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । कांग्रेसका प्रदेश नेता बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि आज कांग्रेसकै प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्दै छन् ।

बानियाँ नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको सूची सत्ता साझेदार एमालेले तयार पारेको हो ।  १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेको भागमा ६ वटा परेका छन् । त्यसमा पठाउन एमालेले दिनेश चन्द्र देवकोटा, मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, जयराम थापा, किरण थापा मगर र भरत केसीलाई मन्त्री बनाउने भएको हो । यी ६ जनामध्ये किरण थापा मगर मात्र दोहोरिँदै छन् । बाँकी सबै नयाँ अनुहार हुन् । उनीहरूलाई आजै नियुक्ति दिएर मुख्यमन्त्री बानियाँसँगै शपथ खुवाउने तयारी रहेको स्रोतले जानकारी दिएको छ । उनीहरूलाई कुन÷कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लाग्न भने बाँकी छ ।

 

प्रतिक्रिया