राष्ट्रिय युवा संघद्वारा थाहा नगरपालिकाको पालुङगढी परिसरमा वृक्षरोपण
हेटौंडा / राष्ट्रिय युवा संघ नेपालको एकमहिने वृक्षरोपण कार्यक्रम अन्तरगत थाहा नगरपालिकाको पालुङगढी परिसरमा वृक्षरोपण गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, थाहानगर कमिटीको आयोजनामा शनिबार धुपी, कृष्णकली र गोदावरी फूलका बिरुवाहरु रोपिएको युवा संघ नेपाल थाहानगर अध्यक्ष सुमन रायमाझीले बताए ।
वृक्षरोपण कार्यक्रममा युवा संघ थाहानगर उपाध्यक्ष प्रविण घलान, उपसचिव सुसन कार्की, यार्साङ बल, सदस्य सङ्ग्राम कार्की, बिष्णुहरि बर्तौला, प्रमोद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
युवा संघ नेपालको एक ब्यक्ती पाँच बिरुवा कार्यक्रम अन्तरगत देशभर एकमहिने वृक्षरोपण कार्यक्रम संचालन भइरहेको छ ।
प्रतिक्रिया


