बागमतीमा कांग्रेसका ४ मन्त्रीले दिए राजीनामा

पालिका डायरी
९ श्रावण २०८२, १५:१७

बागमतीमा कांग्रेसका ४ मन्त्रीले दिए राजीनामा बागमती प्रदेशमा काँग्रेसबाट नियुक्त ४ मन्त्रीले राजीनामा दिएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएकाे बताएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ नेतृत्वमा रहेका ४ जना मन्त्रीले राजिनामा दिएका छन् ।

प्रतिक्रिया