बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

पालिका डायरी
२३ असार २०८२, १९:३३
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो। प्रदेश सभा बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ ।

असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सदनमा प्रस्तुत गरेको ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँको पेस भएको थियो। बजेटमाथिको छलफल १२ गतेबाट सुरु गरिएपनि दलीय विवादका कारण पटक÷पटक स्थगित हुँदै आएको थियो।

बजेटमाथिको छलफलमा सांसदहरुले बजेटमाथि प्रश्न गरेका थिए। सांसदहरुले सदनमा उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएपछि बजेट बहुमतले पास भएको हो। असार १ गते ल्याएको बजेटमाथि विपक्षी दलले मात्रै होइन, सत्तारुढ दलकै सांसदहरुले समेत रोष्टमबाटै प्रश्न गरे। बजेटमाथिको असन्तुष्टी रहँदा रहँदै पनि बागमती प्रदेश सरकारले बहुमतकै बलमा बजेट पास गरेको हो।

प्रतिक्रिया