यातायात मन्त्रालयले गर्यो चालक र सहचालकलाई नगद सहित सम्मान

पालिका डायरी
१८ असार २०८२, १९:५१

हेटौंडा / बाममती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पहिलो पटक चालक र सहचालकलाई कार्यक्रम गरेको छ । अनुशासित र मर्यादित रुपमा सवारी सञ्चालन गर्ने चालकहरुलाई मन्त्रालयले नगद सहित सम्मान गरेको हो ।

बुधबार (आज) मन्त्रालयले उत्कृष्ट चालक र सहचालक सम्मान कार्यक्रम आयोजना गर्दै १५ जना चालक र सहचालकलाई सम्मान गरेको हो। सम्मानितह हुनेहरुमा यादव थपलिया, कान्छा श्रेष्ठ, शरण सिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा सम्मानित भएका हुन् भने तीनजना महिला चालक समेत सम्मानित भएका छन् । जसमा जानुका गौतम, नवीना खड्का र सरिता गौतम रहेका छन् ।
उनीहरुलाई जनही १५ हजार नगद प्रदान गरिएको मन्त्रालयले जनाएको छ। नारायणी यातायात व्यवसायी संघले चालकहरुको छनौट गरेको हो । संघले गरेको सिफारिस गरेको नामलाई मन्त्रालयले समीक्षा गरी सम्मानित हुने चालक, सहचालकको नामावली टुग्याइएको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले जानकारी दिए ।

सम्मान कार्यक्रममा मन्त्री महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायण यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगाएतले चालक, सहचालकलाई नगद सहित सम्मान गरिएको हो ।

कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री महर्जनले मितव्ययी ढंगबाट सवारी चलाउने चालकहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्न यस्तो कार्यक्रम कार्यक्रम ल्याएको बताए । चालकहरुको प्रोत्साहनकै लागि आगामी आर्थिक वर्षको लागि बजेट बिनियोजन गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया