मकवानपुरको थाहामा एक महिलाको हत्या

पालिका डायरी
५ असार २०८२, १७:४१
मकवानपुरको थाहामा एक महिलाको हत्या

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको हत्या भएको छ ।

बिहीबार दिउँसो अन्दाजी ५५ वर्षीया तुलुमाया गोपालीको हत्या छिमेकी देवर नाता पर्ने अन्दाजी ३५ वर्षीय बिमलमान गोपालीले धारिलो हतियार प्रयोग गरी हत्या गरेकाे पालुङ्ग प्रहरीले जानकारी दिएकाे छ ।

घटना पछि हत्या आरोपी जीवन गोपाली आफैं हतियारसहित अपराह्न ३ बजेर ४० मिनेट जाँदा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए । प्रहरीका अनुसार गोपालीलाई नियन्त्रणमा लिइएको छ र हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएकाे छ । हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन ।

इलाका प्रहरी कार्यालय पालुङले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया