यातायात मन्त्रालयलाई ८७ करोड ४१ लाख बजेट

हेटौंडा / बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका लागि ८७ करोड ४१ बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थ मन्त्री काफ्लेले यातायात सेवालाई प्रभावकारी बनाउन र डिजिटल प्रविधिमा रुपान्तरण लगाएतको सबै कार्य गर्न सो परिणामको बजेट विनियोजन गरिएको बताइएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा यस कार्यका लागि ५ करोड रुपैँया बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बताए ।
मन्त्री काफ्लेले आगामी आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गर्दै श्रम रोजगार तथा यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाइने बताएका हुन् । रोजगार मेलाको आयोजना गरी रोजगारी सिर्जना गरिने बताइएको छ । यस्तै, रिटर्नीहरुको ज्ञान सीप र क्षमतामा स्वदेशमै स्वालम्बी बन्न आवश्यक बजेट छुट्याइएको मन्त्री काफ्लले बताए ।
