बिच्छीले टोकेको भोलिपल्ट अस्पताल पुर्‍याउँदा ८ वर्षीया बालिकाको मृत्यु

पालिका डायरी
१६ जेष्ठ २०८२, १३:११
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा /  मकवानपुरको बकैया गाउँपालिका-७ मैनाटारमा बिच्छीले टोक्दा बालिकाको मृत्यु भएको छ।

स्थानीय ८ वर्षीया अस्मिता वाइबालाई गत बुधबार साँझ ६ बजेतिर आफ्नै घरमा नुहाएपछि लुगा फेर्ने क्रममा बायाँ कम्मरको भागमा बिच्छीले टोकेको थियो।

सुरुवातमा सामान्य देखिए पनि भोलिपल्ट बिहीबार दिउँसो २ बजेदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले उनलाई त्यही साँझ ७:४५ बजे हेटौँडा अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा उपचारका क्रममा डाक्टरहरूले उनको अवस्था गम्भीर रहेको बताएका थिए। उपचारकै क्रममा बिहीबार राति ८:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हात्तिसुडेबाट प्रहरी नायब निरीक्षक जनक बहादुर तामाङको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया