भीमफेदीमा वीङगर गाडी दुर्घटना हुँदा १४ जना घाइते, ३ जना गम्भीर
मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङगर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो चित्लाङ बाट बाराको लालबन्दी आउदै गरेको प्रदेश २— ०३—००१ ज ०१४७ को गाडी सडक देखि करिब २० मिटर तल खसेर भीमफेदी गाउँपालिका स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठी मोडमा दुर्घटनामा परेको हो ।
गाडी सडक देखि करिब २० मिटर तल खसी सल्लाको रुखमा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैसे र सिमभञ्ज्यागंबाट खटिएको २५ जना प्रहरी टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
गाडीमा सवार १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया



