मकवानपुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु

पालिका डायरी
१६ बैशाख २०८२, १०:०१
अर्धनग्न अवस्थामा महिलाको शव फेला

हेटौंडा /  मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरस्थित सूर्य किरण सामुदायिक वनमा रुखले च्यापिँदा एक जनाको मृत्यु भएको छ ।

हिजो (साेमबार) साँझ करिब ५ बजेतिर रुख काट्ने क्रममा इलाम नगरपालिका–९ का ४६ वर्षीय दिल कुमार लिम्बु रुखले च्यापिँदा गम्भीर घाइते भएका थिए। घाईते लिम्बुको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

उक्त वन क्षेत्रमा ठेक्का मार्फत रुख कटान कार्य भइरहेका बेला दुर्घटना भएको हो । घटनापछि स्थानीय प्रहरी टोलीले तत्कालै घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखिएको छ भने मृतकको शव परीक्षण तथा कानुनी प्रकृयाका लागि तयारी भइरहेको छ ।

प्रतिक्रिया