गोरुसहितको ट्रक नियन्त्रणमा, चार जना पक्राउ

पालिका डायरी
१० बैशाख २०८२, १५:४९
गोरु सहितको ट्रक नियन्त्रणमा, चार जना पक्राउ

हेटौंडा /  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बसामाडीस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकजाँचको क्रममा प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा अवैध रूपमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ख–३४११ नम्बरको ट्रकमा बिना भेटनरी कागजात को २२ वटा गोरु अवैध रुपमा ढुवानी गरी ल्याइएको अवस्थामा फेला पारी गोरु सहितको ट्रक र चार जनालाई पक्राउ गरेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले ट्रक चालकसहित ट्रकमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–४ निवासी २५ वर्षीय सुरज परियार, अज्ञात ठेगानाका २४ वर्षीय कुशल परियार, धादिङको सिद्धलेक गाउँपालिका–२ निवासी २६ वर्षीय ट्रक चालक गणेश मगर, र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ निवासी ५६ वर्षीय जितु यादव रहेका छन्।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पशुसेवा केन्द्र कार्यालय, हेटौंडामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया