नेवारपानीबाट चितवनका एक युवक अफिमसहित पक्राउ

पालिका डायरी
७ बैशाख २०८२, १५:३७

हेटौंडा /  इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध अफिम ५ किलो ९४० ग्राम पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा  चितवनको राप्ती नगरपालिका वडा नं. ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् ।

हेटौंडा १९ नेवारपानी स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेकजाँचको क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बस (बा.प्र.०३–००१ ख २८८७) मा यात्रा गरिरहेका एक युवकलाई शंका लागि चेकजाँच गरिएको थियो। तामाङको झोलाको खानतलासी गर्दा, तीन वटा छुट्टाछुट्टै पोका बनाई लुकाइ राखिएको ५ किलो ९४० ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको अफिम सहित तामाङलाई नियन्त्रणमा लिइएको र हाल थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया