मामाघर आएका प्रविन र प्रविससहित तीन बालकको सिस्नेरी खोलामा डुबेर मृत्यु

पालिका डायरी
१८ चैत्र २०८१, १९:४३
मामाघर आएका प्रविन र प्रविससहित तीन बालकको सिस्नेरी खोलामा डुबेर मृत्यु

नुहाउने क्रममा खोलामा डुब्दा मकवानपुरमा तीनजना बालकको ज्यान गएको छ । सोमबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित सिस्नेरी खोलामा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका श्यामबहादुर आचार्यका १४ बर्षीय छोरा सुशान्त आचार्य, भान्जाहरु १५ बर्षका प्रमेश घोरासैनी र १२ बर्षका प्रभात घोरासैनी रहेका छन् । काभ्रे घर भएका प्रमेश र प्रभात दुईदिन अघि मात्रै मामाघर आएका थिए । स्कुल बिदा भएपछि बिदा मनाउन मामाघर आएका उनीहरु मामाको छोरा अर्थात् सुशान्तनसँगै नुहाउनका लागि खोलामा गएका थिए ।

गत असोजमा आएको बाढीले बनाएको खोलाको खाल्टोमा डुबेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष प्रताब भोम्जन बताउँछन् । ‘तीनजना खोलामा नुहाउन भनेर निस्किएछन्,’ उनले भने, ‘अबेरसम्म पनि घर नफर्किएपछि परिवार हेर्न जानुभएछ । खोलाको किनारमा कपडा र चप्पल देखिए पनि बालकहरु नदेखे पछि डुबेको शंकामा खोजतलास गर्दा डुबेको अवस्थामा मृत भेटियो ।’

मृत अवस्थामा फेला परेका बालकहरुको मुचुल्का उठाएर पोष्टमार्टमका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया