राक्सिराङको एक घरमा आगलागी हुँदा ७ लाखको क्षति
मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित एक घरमा आगलागी भएको छ ।
आईतबार विहान अन्दाजी ९ः३० बजेको समयमा बोटकारीस्थित भीम बहादुर मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा आगलागी हुँदा करिब ७ लाख रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोक्तानको घरमा रहेको ४० हजार रुपैँया नगद जलेर नष्ट भएको छ । त्यस्तै अन्नपात, काठ , भाँडावर्तन र लत्ताकपडा जलेर नष्ट हुँदा करिब ७ लाख रुपैँया बराबरको क्षति भएको हो ।
विद्युत लाइन सर्ट भई लागेको आगो करिब ३ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो लागेको खबर प्राप्त हुनासाथ प्रहरीचौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक नबीन कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
घटनामा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया



