चट्याङ लागेर १८ वर्षीय युवकको मृत्यु

पालिका डायरी
१० चैत्र २०८१, ११:०३

दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका-६ घर भएका १८ वर्षीय गगन खड्काको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि दुल्लु अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

शनिबार पानी परेको बेला भैँसी गोठमामा उनलाई चट्याङ लागेको थियो । टाउकोमा चट्याङ लागेपछि बेहोस भएका उनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया