मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

पालिका डायरी
९ चैत्र २०८१, ११:४०
accident, one injured AI photo

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा तुलसीपुर –६ का २२ वर्षीय विवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गुर्जेखोला नजिकै आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको ज्यान गएको छ  भने रा २ प ६१६३ नम्बरका मोटरसाइकल चालक घोराही–११ निवासी ३४ वर्षीय विनोद बस्नेत गम्भीर घाइते भएका छन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया