सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ

सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन् ।
औरही गाउँपालिकाका ५ का दीपक मल्लिकको घर भत्काएको आरोपमा शुक्रबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै पूर्ववडाध्यक्ष दिलिप यादवलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितले बताए ।
दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरीले सोधपुछ थालेको छ । शुक्रबार बिहान यही घटनाका कारण सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छ। कपिलवस्तुमा कार्यरत विश्वप्रकाश अर्याललाई सिराहा खटाइएको छ ।
गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन समेत दिइसकेका छन् ।
प्रतिक्रिया