सुनको मूल्यमा नयाँ रेकर्ड, आज पनि बन्यो अहिलेसम्मकै महँगो

पालिका डायरी
६ चैत्र २०८१, १२:०५
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम हुन थालेको छ । हिजो (मंगलबार) अहिलेसम्मकै महँगो बनेको सुनले आज फेरि महँगो मूल्यको नयाँ रेकर्ड बनाएको हो ।

आज प्रतितोला आठसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार प्रतितोला ११ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार दुईसय रुपैयाँ पुगेको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । प्रतितोला पाँच रुपैयाँ घटेर चाँदीको मूल्य २ हजार ४५ रुपैयाँ कायम भएको हो ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो ।

प्रतिक्रिया