मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
AI photo
हेटौंडा / मकवानपुरको बकैया गाउँपालिका-४, जुरेली बजारस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।
मकवानपुर प्रहरीका अनुसार, हात्तिसुडेबाट ठुलोदमारतर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी रुपक दियाली गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल उपचारका लागि बकैया अस्पताल पठाइयो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। तर, विहान ४:३० बजे अस्पतालमा चेकजाँच गर्दा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
हाल शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ।
प्रतिक्रिया


