नारी दिवसको अवसरमा १९ सेल्टरदाता सम्मानित
हेटौंडा । अखिल नेपाल महिला संघ (अनेम संघ) ले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा अनेम संघको स्थापना दिवसकोे अवसरमा १९ जना सेल्टरदाता महिलाहरुलाई सम्मान गरेको छ । शनिबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा हेटौंडा–९ की दुर्गा पौडेल, हेटौंडा ४ बस्ने शुभद्रा रेग्मी, हेटौंडा–४ की लक्ष्मी पुलामी, हेटौंडा–९ की सरस्वती धिमाल, हेटौंडा–७ की उमा थामी, हेटौंडा–२ बस्ने सानुमाया श्रेष्ठ र हेटौंडा–१५ बस्ने मालती थिङ रहेकी छन् ।
यस्तै, हेटौंडा–७ बस्ने पुण्यवती रिमाल, बकैयाकी शोभा राई, देउती ढकाल र लक्ष्मी घिमिरे रहेका छन् भने भीमफेदीकी केशरी तुलाधार र लक्ष्मी कार्की, थाहानगरकी गौरी प्रधान, रामपियारी नापीत र सान्नानी अधिकारीलाई सम्मान गरिएको हो। हेटौंडा–५ बस्ने अनुराधा विष्ट, हेटौंडा–१८ की सत्यवती सुर्खेती र हेटौंडा–१७ की भीमा रुपाखेतीलाई सम्मान गरिएको हो ।
अनेम संघ मकवानपुरको अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज पद्मा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज रामेश्वर राना प्रमुख वक्ताको रुपमा थिए।
यस्तै, नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलाल, प्रदेश कमिटी सदस्य बद्री लम्साल, प्रदेश सदस्य रामचन्द्र राई, बागमती प्रदेश कमिटी सदस्य एवं् प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, अनेम संघ बागमतीकी सदस्य तथा एमाले मकवानपुरकी सचिव सीता विष्ट, उपसचिव आरती पाठक लगाएतको उपस्थिती रहेको थियो ।



