मकवानपुरमा जबर्जस्ती करणी मुद्दामा ७ जना किशोरहरू पक्राउ
Ai photo
हेटौंडा / मकवानपुरमा घटेको एक गम्भीर आपराधिक घटनामा संलग्न ७ जना किशोरहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
गत माघ ६ गते बिहान करिब ८:३० बजे हेटौंडा उपमहानगरपालिका-०२ स्थित वनस्खण्डी मन्दिर नजिकैको जंगलमा जबर्जस्ती करणी भएको भन्दै एक युवतीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाइरहेका प्रहरीले फागुन २२ गते हेटौंडाको विभिन्न स्थानबाट ५ जना किशोरहरूलाई नियन्त्रणमा लिएको साथै, फागुन २३ गते थप २ जना किशोरहरूलाई पक्राउ गरी अनुसन्धानलाई अघि बढाइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको निष्पक्ष छानबिन भइरहेको बताउँदै कानूनी प्रक्रिया अनुसार अगाडि बढाइने जानकारी दिएको छ।



