हेटौंडामा खानेपानी धाराको मिटर चोरी गर्ने पक्राउ

पालिका डायरी
२३ फाल्गुन २०८१, १८:४९
हेटौंडामा खानेपानी धाराको मिटर चोरी गर्ने पक्राउ

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नं. ०४ भुवनसिंहपथस्थित यम बहादुर लामिछानेको घरमा जडान भएको खानेपानी धाराको मिटर चोरी गर्ने एक जना पक्राउ परेका छन्।

हिजो विहिबार राती भएको चोरीको सूचना प्राप्त भएपछि प्रहरी टोलीले हुलियाका आधारमा खोजीकार्य अघि बढाएको थियो। खोजतलासको क्रममा सोही दिन विहान सडकमा हिँडिरहेकाे संकास्पद अवस्थामा भेटिएको थियो। अनुसन्धान गर्दा ती व्यक्ति  हेटौंडा उपमहानगरपालिका वडा नं. ०२ वनस्खण्डीस्थित डेरा गरी बस्ने २१ वर्षीय सुरेश कुमाल रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सुरेश कुमाललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा निजको साथबाट चोरी भएको धाराको मिटर समेत बरामद गरिएको जनाएको छ। पक्राउ परेका कुमालमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया