राक्सिराङमा भिरबाट लडेर एक महिलाकाे मृत्यु

पालिका डायरी
१९ फाल्गुन २०८१, १८:३३
मकवानपुरको माण्डु हाईड्रोपावरमा किशोरीको शव फेला

हेटाै‌ै‌ंडा /  राक्सिराङ गाउँपालिका–६, कोलडाँडामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६, कोलडाँडाकी सीता माया घलान रहेकाे मकवानपुर प्रहरीले जानकारी दिएको छ।

गत फागुन १७ गते बिहान घरबाट घास काट्न जाने भन्दै निस्केकी घलान बेलुका घर नफर्किएपछि आफन्तहरूले खोजी गर्दै जाँदा करिब १ किलोमिटर पश्चिमतर्फ रहेको सिलिङगे सामुदायिक वनमा आज मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी कान्द्राङबाट टोली खटी गएरको तथा इलाका प्रहरी कार्यालय मनहरीबाट अनुसन्धान टोली परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धान पूरा गरी शवलाई हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया