हेटौंडाको रातोमाटेबाट लागुऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

पालिका डायरी
१८ फाल्गुन २०८१, १८:५५

हेटौंडा / रातोमाटेबाट ३ ग्राम ३१० मिलिग्राम लागुऔषध खैरोहिरोइनसहित  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गत फागुन १५ गते प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत रातोमाटे चेकपोस्टमा सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र. ०२-००१ ख ४१४७ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा मकवानपुर गढी गाउँपालिका–४ का २४ वर्षीय रुपेश घलान र मनहरी गाउँपालिका–२ की २१ वर्षीया एलिसा थिङलाई शंका लागी खानतलासी गरिएको थियो।

खानतलासीको क्रममा एलिसा थिङले लगाएको हुडीको बाहुलामा लुकाई ल्याएको अवस्थामा ३ ग्राम ३१० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई लागुऔषध मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया