कैलाशको अध्यक्ष कप फुटबलको उपाधि १० नम्बर वडाले जित्यो
मकवानपुरको कैलाश गाउँपालिकामा सम्पन्न तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा वडा नम्बर १० ले वडा ८ लाई पेलान्टी सुटआउटमा ८-७ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हाे । विजेता टिमले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता वडा ८ ले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
खेलको पहिलो हाफमा वडा १० का सुर्य थिङ्गले १७ औं मिनेटमा अग्रता दिलाए पनि वडा ८ का देवदुत नेगीले २३ औं मिनेटमा बराबरी गोल फर्काए। दोस्रो हाफमा गोल हुन नसकेपछि खेल पेलान्टीमा पुगेको थियो । खेलको म्यान अफ द म्याच वडा १० का गोलरक्षक विशाल वाइवा घोषित भए ।
प्रतियोगिता गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरे । विभिन्न खेलाडीलाई उत्कृष्ट विधागत पुरस्कार प्रदान गरिएको थियो।


