भीमफेदी-८ मा साढे दुई दर्जन युवा नेकपा एमालेमा प्रवेश
हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ८ को इपा बेसमा भएको पिकनिक तथा प्रशिक्षण कार्यक्रममा साढे दुई दर्जन युवाहरू नेकपा एमाले प्रवेश गरेका छन्। नेकपा एमाले बागमती प्रदेश सदस्य भगवती पुडासैनी र नेकपा एमाले मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष हिदम लामाले विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेहरूलाई स्वागत गरेका छन्। उनीहरू राप्रपा, कांग्रेस लगायतका दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्।
पिकनिक तथा प्रशिक्षण कार्यक्रम पार्टी वडा कमिटी अध्यक्ष सुरेन्द्र खडकाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य भगवती पुडासैनी प्रमुख अतिथि रहेकी थिइन् भने विशेष अतिथि मकवानपुर जिल्ला उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा थिए। साथै, जिल्ला सदस्य तथा ५ नम्बर वडा अध्यक्ष जहारसिंह लामा, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य प्रकाश लामा, पालिका कमिटी अध्यक्ष सिताराम थापा लगायतका नेताहरूको आतिथ्य रहेको थियो।
नवप्रवेशीहरू कांग्रेस, राप्रपा लगायतका दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्। भीमफेदी गाउँपालिकाको इपा बेसमा प्रमुख अतिथि पुडासैनीले वर्तमान राजनीतिक अवस्था, विशेष अतिथि हिदम लामाले समसामयिक राजनीतिक अवस्था तथा गाउँमा भइरहेको भौतिक, शैक्षिक तथा जनताको आर्थिक उन्नतिका लागि पालिकाले गरेका कामबारे जानकारी गराएका थिए।



