आज झन महँगियो सुनचाँदी, तोलाको कति पुग्यो ?

पालिका डायरी
७ फाल्गुन २०८१, ११:३७
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य झन बढेको छ । हिजो तोलामा सात सय रुपैंयाँ बढेको सुनुको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया