हिजो तोलामा २७ सय घटेको सुनको मूल्य आज फेरि उच्च वृद्धि

पालिका डायरी
१ फाल्गुन २०८१, ११:१७
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

हिजो (बुधबार) प्रतितोला दुई हजार सातसय रुपैयाँ घटेको सुनको मूल्यमा आज फेरि उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको हो ।

सुनको मूल्य आज तोलाको एक लाख ६९ हजार आठसय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँ थियो । गएको मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौसय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ३० रुपैयाँ थियो ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो ।

प्रतिक्रिया