हेटौंडा–१२ मा वडा अध्यक्षका लागि १४ जनाको उम्मेदवारी

पालिका डायरी
२ मंसिर २०८१, १८:५५

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भयो। जसमा हेटौंडा उपमहानगरपालिका-१२ को एक जना वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमा दलका ९ जना छन् भने बाँकी ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोट, नेकपा माओवादी केन्द्रबाट रविनकुमार प्रधान र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रेमबहादुर भ्लोनले उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशावीर बल, जनता समाजवादी पार्टी (जसपा) बाट छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट फूलमाया तितुङ र नेकपा एकीकृत समाजवादीबाट बलराम बलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयकी प्रमुख निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिइन्।

उनका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरूमा अर्जुन घलान, कुमार पोखरेल, गिताकुमारी नेवार, छत्रप्रकाश अधिकारी र युनेश लामा सिन्तान रहेका छन्।

प्रतिक्रिया