हेटौंडा १२ को अध्यक्षमा कांग्रेसका तिवारीको उम्मेदवारी

पालिका डायरी
२ मंसिर २०८१, १६:०३

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसका अर्जुन तिवारीले उम्मेदवारी दर्ता गराएका छन्। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि वडाअध्यक्ष पदमा तिवारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसका नेता शरण बहादुर घले समर्थक तथा सुदर्शन प्रसाद लामाको प्रतास्वकमा तिवारीले उम्मेदवारी दर्ता गराएका हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललित बहादुर घलानसँग ३१ मतान्तरले मात्रै पाराजय भोगेका तिवारीले पुनः उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिएका हुन्। उक्त निर्वाचनमा घलानले १३ सय ७१ मत ल्याउँदा तिवारीले १३ सय ४० मत प्राप्त गरेका थिए।

२०७४ को स्थानीय तह निर्वाचनमा समेत तिवारीलाई घलानले नै हराएका थिए। घलान जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा गरी वडाध्यक्ष पदका लागि तिवारीको यो तेस्रो उम्मेदवारी हो। सधैं झिनो मतान्तरले हारिरहने तिवारीले यो पटक आफ्नो अन्तिम मौका रहेको र यो मौकालाई जीतमा परिणत गर्ने बताए।

प्रतिक्रिया