हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग तीन दिनका लागि बन्द
हेटौंडा / हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग तीन दिनका लागि बन्द गरिएको छ । मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको हुनाले तीन दिनका लागि बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए ।
यस सडक मर्मत कार्य ३ दिन लाग्ने भएकोले हेटौंडाबाट कुलेखानी फाखेल सडक र सिस्नेरी हुँदै काठमाडौ जाने सडक बन्द हुने उनले बताए । यस सडकको सट्टा बैकल्पिक बाटोको रुपमा हेटौंडा–भैसे पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा ठिगन हुँदै काठमाडौ रुट प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
यस सडकमा हेटौंडाबाट काठमाण्डौं जानका लागि रोकिएको भएपनि काठमाडौ बाट हेटौंडा आउनको लागि उक्त बाटो एकतर्फी खुला रहने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


