सिस्नेरीका २ गर्भवती महिलालाई हेलिकप्टर मार्फत थापाथली लगियो

पालिका डायरी
१५ आश्विन २०८१, १७:३९

हेटोंडा / मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको दुईजना गर्भवती महिलालाई सेनाको हेलिकप्टर मार्फत थापाथली हस्पिटल लगिएको छ। मंगलबार (आज) सुत्केरी हुने डेट नाघेको एकजना र सुत्केरी व्यथा सुरु भएको दुईजना गर्भवती महिलालाई हेलिकप्टर मार्फत अस्पताल लगिएको हो ।

बिहीबार देखि परेको अविरल बर्षाका कारण सवारी आवागमन बन्द हुँदा दुईजना गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरेर अस्पताल पठाइएको इन्द्रसरोवर गाउँपालिकाी उपाध्यक्ष उमा कुमारी ब्लोनले जानकारी दिइन् ।

स्थानीय स्वास्थ्य संस्थाले सिस्नेरी २० बर्षीया सुकमाया वाइवाको गत ९ गते सुत्केरी हुने डेट दिइएकोमा समयमा सुत्केरी नभएको र ३० बर्षकी सुशिला घिसिङलाई सुत्केरी व्यथा लागेको अवस्थामा उद्धार गरिएको उपाध्यक्ष ब्लोनले जानकारी दिइन् ।

स्थानीय तहको सुत्केरी बचाउ कार्यक्रम अन्र्तगत गाउँपालिकाको समन्वय तथा गृह मन्त्रालयसँगको सहकार्यमा सेनाको हेलिकप्टर मार्फत उनीहरुलाई उद्धार गरेर अस्पताल पठाएको बताइएको छ। बाढी र पहिरोका कारण सडक अवरुद्ध रहेको भन्दै आकस्मिक हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

प्रतिक्रिया