चेपाङ बालबालिकालाई खुवाइयो तिजको दर

पालिका डायरी
२० भाद्र २०८१, १३:४६

चितवन । नेपाल प्रेस युनियन चितवनले चेपाङ बालबालिकालाई तिजको दर खुवाएको छ । रत्ननगर नगरपालिकाको टिकौलीमा रहेको चेपाङ संरक्षण केन्द्र पुगेर युनियनले बिहीबार दर खुवाएको हो ।
केन्द्रमा १५० जना बालबालिका रहेका छन् । युनियनका अध्यक्ष अनिल ढकालले तिजको अवसरमा खाइने दर ‘लट्टे’ (अनदी जातको चामलमा भेली वा चिनि मिसाएर पकाइने एक प्रकारको खाना) खुवाएर चेपाङ बालबालिका त्यसमा पनि चेलीहरु माझमा तिज मनाइएको बताए ।

कार्यक्रममा केन्द्रका संरक्षण केपीकिरण शर्माले २०६५ सालबाट सञ्चालन गरिएको केन्द्रमा अहिलेसम्म लट्टे नै पकाएर दर नखुवाएको बताए । यसले तिजको दरको संस्कृतिबारेमा समेत बालबालिकालाई शिक्षा दिएको उनको दाबी छ ।

प्रतिक्रिया