हेटौंडाको राप्ती खोलाको बगरमा अज्ञात पुरुषको शव फेला
file photo
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङ स्थित सुकुम्बासी टोल नजिकै राप्ती खोलाको बगरमा एक अज्ञात पुरुषको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरीका अनुसार मृतक ३० देखि ३५ वर्षको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले जनाए अनुसार उक्त शव खोलाले बगाएर ल्याएको हुनसक्ने र घटनास्थल थानाभर्याङ प्रहरी चौकीबाट करिब ३ किलोमिटर दक्षिणमा रहेको जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरीले हिजाे मंगलबार घटनास्थलमा पुगी मुचुल्का तयार गरेको र शवको पहिचानका लागि पोष्टमार्टमको निम्ति हेटौंडा अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।
हाल मृतकको पहिचान खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया


