हेटौंडा उपमहानगरपालिकाको विशेष नगरसभा आव्हान गर्न एमालेका जनप्रतिनिधिको माग

पालिका डायरी
३० श्रावण २०८१, १८:०४
हेटौंडा उपमहानगरपालिकाको विशेष नगरसभा आव्हान गर्न एमालेका जनप्रतिनिधिको माग

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको विशेष नगरसभा आव्हान गर्न माग गरेको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले करको दर बढाइएको बिषयमा विरोध जनाउँदै विशेष नगरसभाको आव्हान गरेको हो । बुधबार हेटौंडा उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष नगरसभाको आव्हान गर्ने बताइएको हो ।

कार्यपालिका सस्दय तथा हेटौंडा ४ नम्बर वडाका वडाध्यक्ष नविन सिग्देलले नगरसभाबाट कर बृद्धि गर्ने निर्णय भएको भए पनि त्यसलाई संसोधन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । नगरसभामा कर बृद्धि गर्ने भनेर स्पष्ट नभनिएको तर केही हेरफेर गर्ने भनिएकोमा एक्कासी ५) प्रतिशत भन्दा बढी कर बृद्धि गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आपत्ती जनाएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाको चालु् आर्थिक बर्ष २)८१÷)८२ को आर्थिक ऐनमा व्यवस्था भएको करको दर र दस्तुर सन्दर्भमा अस्वभाविक कर बृद्धि गरिएको प्रति एमालेका ४८ जना जनप्रतिनिधिले हस्ताक्षरण सहित विशेष नगरसभाको आव्हान गरेका हुन् ।

असार ७ मा भएको उपमहानगरको १५औं नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २)८१÷)८२ को लागि घरबहालकरदेखि व्यवसाय करमा २) देखि १५) प्रतिशतसम्म राजश्व बृद्धि गरेको हो ।

प्रतिक्रिया