कैलाश गाउँपालिकामा बन्चरो प्रहार गरी युवतीको हत्या, पति हिरासतमा

पालिका डायरी
२९ श्रावण २०८१, १०:२६
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

हेटाै‌ंडा / मकवानपुरको कैलाश गाउँपालिका-५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले आफ्नी १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरी हत्या गरेका छन्।

वडाध्यक्ष छेकु लामाका अनुसार मानसिक रोगको औषधि सेवन गर्दै आएका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेका थिए। घटनाबारे थाहा पाएपछि छिमेकीहरूले पाख्रिनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए।

प्रहरीले हिजाे ( साेमबार ) राति नै मंगलबहादुरलाई पक्राउ गरी पालुङस्थित प्रहरी हिरासतमा राखेको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया