मकवानपुरको  सिस्‍नेरीमा सुमो दुर्घटना, १० जना घाइते

पालिका डायरी
१९ श्रावण २०८१, १०:३१

हेटाै‌ंडा / काठमाडौंबाट बिरगंज आँउदै गरेको सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।  शनिबार (आज) बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका हुन् ।

सिस्नेरी सडक खण्डमा काठमाडौं बाट बिरगंज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमो आफै अनियन्त्रित भई सडकको नाला साइडमा पल्टिएको हो । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइते मध्ये तीन जनाको अवस्था गम्भीर तथा सात जना यात्रुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया