बागमतीका नवनियुक्त प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

पालिका डायरी
१८ श्रावण २०८१, १४:०७

हेटौंडा / बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देवकोटालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए।

बिहीवार शितलनिवासमा पद तथा गोपनियताको सपथ खाएका प्रदेश प्रमुख देवकोटाले आज प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। कैलालीका देवकोटा लामो समय नेकपा एमालेमा राजनीति गरेका व्यक्ति हुन्। उनीसँग एमालेको विभिन्न कमिटीमा काम गरेको अनुभव छ।

केही वर्षअघि भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए। पछिल्लो समय एमाले अनुशासन आयोगको सदस्य रहेका देवकोटा प्रदेश प्रमुख नियुक्त भएसँगै पार्टी राजनीतिबाट अलग बनेका छन्।

 

प्रतिक्रिया