बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले गरे दाबी पेस
बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा मंगलबार (आज) दाबी पेस गरेका हुन् । बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसंगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेका थिए ।
सोही अनुसार एमालेको २७ र काङ्ग्रेसको ३७ गरि ६४ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । सात राजनीतिक दल रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।
मुख्यमन्त्रीको नियुक्ति आजै साँझ हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
प्रतिक्रिया



