बागमतीको बजेट : बाँदर नियन्त्रण गर्न २ करोड ७७ लाख बजेट

पालिका डायरी
१ असार २०८१, १९:४७

बागमती प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि २ करोड ७७ लाख रुपैंया बजेट विनियोजन गरिएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण तथा वन्यजन्तुलाई पानी उपलब्ध गराउन पोखरी निर्माण गर्नका लागि उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।

किसानको मुख्य दुष्मन बनेको बाँदर नियन्त्रण गर्न प्रदेश सरकारले यस्तो योजना ल्याएको अर्थ मन्त्री थपलियाले बताए।

प्रतिक्रिया