बागमतीको नीति तथा कार्यक्रम : ग्रामीण क्षेत्रका विद्यार्थीलाई आवासीय विद्यालय

पालिका डायरी
१४ जेष्ठ २०८१, १८:१४
बागमतीको नीति तथा कार्यक्रम : ग्रामीण क्षेत्रका विद्यार्थीलाई आवासीय विद्यालय

बागमती प्रदेशका ग्रामिण क्षेत्रका विद्यार्थीलाई आवासीय विद्यालय सञ्चालनमा ल्याइने बताइएको छ ।

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस्तो नीति समावेश गरिने बताइएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र सुवेदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा रहेका ग्रामिण भेगका विद्यालयमा आवासिय व्यवस्था गर्ने बताएका हुन् ।

सामुदायिक विद्यालयहरुलाई गाभिनका लागि प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै, आमाबुवा नभएका बालकालिकाका लागि प्रदेश सरकराले अपनत्व लिने बताइएको छ।

प्रतिक्रिया