बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै
हेटौंडा / बागमती प्रदेश सभाको सर्वदलीय बैठक आज (शुक्रबार) बस्दैछ।
ससंसदीय समितिको सभापति टुंगो लगाउने, बजेट अधिवेशन आव्हान सम्बन्धी छलफल गर्दै ंसदीय गतिरोध अन्त्य गर्ने उदेश्यले सर्वदलीय बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ। दिउँसो १ बजेका लागि आव्हान भएको बैठकमा संसदीय दलका नेता तथा सचेतक सहितलाई प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बोलाएका हुन्।
प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ गते प्रदेशसभाको चालु १३ औँ अधिवेशन अन्त्य गरिएको थियो।
प्रतिक्रिया