मन्त्री थपलियाद्वारा रामेछापमा निर्माणाधीन सडकको निरीक्षण

पालिका डायरी
२० बैशाख २०८१, १४:०१
मन्त्री थपलियाद्वारा रामेछापमा निर्माणाधीन सडकको निरीक्षण

हेटौंडा / बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले रामेछापको निर्माणाधीन सडकको निरीक्षण गरेका छन् ।

बागमती प्रदेश सरकारको बहुवर्षीय आयोजना अन्तरगत रामेछाप जिल्लाको मन्थली  नगरपालिकामा निर्माणाधीन “ सल्लेपानी – चिसापानी वडा नं ८ को कार्यालय हुँदै पुरानो गाऊ जाने सडक “ को अनुगमन गरेका हुन् । 

अनुगमनको क्रममा योजना समयमै सम्पन्न गराउन निर्माण व्यवसायलाई निर्देशन दिएका छन् । विशेषगरि बहुवर्षीय योजनाहरू निर्माणमा ढिलासुस्ती हुनेगरेको भन्दै थपलियाले जनतालाई सहज बनाउन तोकिएको समयमा योजना निर्माण सम्पन्न गर्न निर्देशन दिए । 

ढिलासुस्ती नगरी काम छिटो सम्पन्न गराउन पनि निरन्तर योजनाहरूको अनुगमन जारी राख्ने मन्त्री थपलियाका प्रमुख स्वकीय सचिव उत्तम सेढाइले बताए ।  केहीदिन अगाडि थपलियाले चितवनको पहाडी क्षेत्रका योजनाहरू अनुगमन गरेका थिए । 

अनुगमनमा प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ , मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत , वडा नं ८ का अध्यक्ष एवम् पालिका प्रवक्ता गोपाल श्रेष्ठ लगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया