उद्योग मन्त्री श्रेष्ठद्वारा रसुवाको उद्योग तथा वाणिज्य कार्यालय निरीक्षण

पालिका डायरी
१६ बैशाख २०८१

हेटौंडा / बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले रसुवाको उद्योग तथा वाणिज्य कार्यालय निरीक्षण गर्नु भएको छ । 


आइतबार प्रदेश सरकार मातहतमा रहेको रसुवा स्थित धुन्चेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उद्योग तथा वाणिज्य कार्यालयको निरीक्षण गर्नु भएको हो । निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले कार्यालय प्रमुख बृहस्पति तामाङ लगायत कार्यरत कर्मचारीहरूलाई भेटी आवश्यक निर्देशन दिएका छन् ।


त्यस्तै, उद्योग तथा वाणिज्य सँग जोडिएकोले कार्यालय भएका कारण उद्योग र वाणिज्य क्षेत्रमा देखिएको समस्याको समाधानमा लाग्न र समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिनु भएको छ । निरीक्षणको क्रममा रसुवा जिल्लाको हिमाली भेगमा स्थानीयले काठबाट उत्पादन गरी सुन, चाँदी लगायतका विभिन्न धातुद्वारा सजाइएको तुम्बा र फोरुलाई देश तथा विदेशमा बजारीकरण गरी  आर्थिक वृद्धिदरमा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तुम्बा उच्च हिमाली भेगमा असाध्यै लोकप्रिय मानिन्छ । नेपालका लिम्बू समुदायमा तुम्बा मौलिक र धार्मिक कारणले निकै महत्त्व मानिन्छ ।

प्रतिक्रिया